नेपाल सरकार
गृह मन्त्रालय
क्षेत्रीय प्रशासन कार्यालय ,
पश्चिमाञ्चल, पोखरा


  गृहपृष्ठ

मुलुकको शान्ति सुरक्षा र अमन चयन कायम राख्न सुरक्षाका निकाय बीच समन्वय ल्याउन तथा केन्द्र र जिल्ला बीच विद्यमान सम्पर्क दुरीलाई हटाई सं‌प्रेषण प्रक्रियालाई  सरल एंव  व्यवस्थित गर्न क्षेत्रीय  प्रशासनको स्थापना गर्ने  उद्देश्यले स्थानीय प्रशासन ऐन, २०२८ लाई संशोधन गरी वि‍ सं २०५७ सालमा पाँचै विकास क्षेत्रमा  निजामती सेवाका राजपत्रांकित  विशिष्ट  श्रेणीका  कर्मचारी  प्रमुख  रहने गरी क्षेत्रीय प्रशासन कार्यालयको स्थापना भएको हो ।

भौगोलिक रुपमा यस पश्चिमान्चल विकास क्षेत्र हिमाल पहाड तराई तिनै प्रदेशमा फैलिएको छ भने हावापानी हेर्दा पनि नेपालमा पाइने सबै प्रकृतिको हावापानी यहाँ विद्यमान रहेको छ । क्षेत्रफल अनुसार मध्य पश्चिमान्चल पछिको दोस्रो ठूलो यस विकास क्षेत्र जनसंख्याको दृष्टिकोणले मध्यमान्चल र पुर्वान्चल विकास क्षेत्र पछि तेस्रो स्थानमा पर्दछ । नेपालको सुन्दर नगरी पोखरा यस क्षेत्रको क्षेत्रीय सदरमुकाम हो भने यस क्षेत्र भित्र पर्ने गण्डकी, धवलागीरी र लुम्बिनी अन्चलको सदरमुकाम क्रमश: पोखरा, बाग्लुडं. र वुटवलमा रहेको छ ।

नेपालको १९.९७% भू-भाग ओगेटेको यस विकास क्षेत्रको क्षेत्रफल २९३९८ वर्ग कि.मि. रहेको छ । 

 

 

 

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय